अविरल वर्षासँगै आएको बाढीपहिरो र चट्याङमा परी अहिलेसम्म ४३ जनाको मृत्यु

आश्विन १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
अविरल वर्षासँगै आएको बाढीपहिरो र चट्याङमा परी अहिलेसम्म ४३ जनाको मृत्यु

काठमाडौं । शनिबार र आइतबारको अविरल वर्षासँगै आएको बाढी-पहिरो र चट्याङमा परी अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ । 

सबैभन्दा बढी इलाममा ३७ जनाको मृत्यु भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिरोमा परेर इलाममा ३७ जनाको मृत्यु भएको जनाएको छ । यसैगरी पाँचथरमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । 

खोटाङ र उदयपुरमा खोलाले बगाएर एक/एक जनाको ज्यान गएको छ । यस्तै रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यसैगरी रसुवामा खोलाले बगाएर ४ जना र इलाममा पहिरोमा परेर एक जना बेपत्ता भएका छन् । विभिन्न घटनामा १२ जना घाइते भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.