राति ९ बजेपछि धादिङको सडक खण्डमा सवारी सञ्चालन गर्न नपाइने

आश्विन १९, २०८२ |पोषनाथ अधिकारी
राति ९ बजेपछि धादिङको सडक खण्डमा सवारी सञ्चालन गर्न नपाइने

धादिङ । राति ९ बजेपछि धादिङको सडक खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

बाढी पहिरो तथा विपद्‌को सम्भावित घटनाको मध्यनजर गर्दै जिल्ला सुरक्षा समितीले रातको ९ बजेदेखि जिल्ला बाहिरबाट सवारीसाधन भित्रन रोक लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बसेको सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो । राति ९ बजे पछि बिहानसम्म काठमाडौंबाट बाहिरिने सवारीलाई नागढुङ्गा, गोलढुङ्गालगायतको नाकाबाट पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ हुँदै धादिङ प्रवेश गर्न र अन्य जिल्लाबाट चितवनको मौवा खोला हुँदै भित्रने सवारी सधानलाई रोक लगाउने निर्णय गरिएको धादिङका प्रमुखजिल्ला अधिकारी विजयराज सुवेदीले बताउनु भयो । 

रातिको समयमा एम्बुलेन्स, दमकल, सुरक्षाकर्मीलगायतका अति आवस्यकीय सवारीसाधनलाई भने सुरक्षाकर्मीको अनुमतिमा प्रवेश दिइने छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।