भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले चाडपर्व लक्षित बजार अनुगमन थालेको छ । सामान्य अवस्थामा भन्दा चाडपर्वमा बजारमा दैनिक उपभोग्य बस्तुको किनवेच धेरै हुने र यसको मौका छोपेर उपभोक्ता ठगीने भन्दै प्रशासन कार्यालयले अनुगमन थालेको हो । अनुगमन टोलीले भक्तपुरका विभिन्न स्थानमा संचालनमा रहेका खाद्यान्न पसल तथा फलफुल पसलमा अनुगमन गरि कैफियत भेटिएका पसलका व्यापारीहरुलाई सचेत गराएको छ ।