
दाङ । नेपालीको महान चाड तिहारको चहलपहल सुरू भएसँगै दाङको देउखुरी क्षेत्रका कुमाल समुदाय पाला र दियो बनाउन व्यस्त छन् ।
तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउनका लागि अहिले उनीहरूलाई भ्याइनभ्याइ छ । दाङको गढवा गाउँपालिकाका ६ कुमाल टोलका ५२ वर्षका चौकु कुमालले माटाका भााडा बनाउन थालेको ४० वर्ष भयो ।
बाउबाजेसँगै उहाँले १२ वर्षको उमेरदेखि माटाका भााडाहरू बनाउन थाल्नु भएको हो । अन्य समयको तुलनामा तिहारमा दियो बाल्नका लागि पाला धेरै बिक्रि हुने गरेको छ । अहिले बजार तथा उपभोक्तको माग अनुसारको सामान पुर्याउन उहाँलाई भ्याइनभ्याइ छ ।
दाङको देउखुरी क्षेत्रका गढवा गोबरडिया खैरेनी लगाएतका गाउँहरूमा कुमाल समुदायको बाक्लो बस्ती छ । कुमाल जातीले परम्परागत रूपमा माटाका भााडाहरू बनाएर आफ्नो जिवन निर्वाह गर्दै आएका छन् । पुरुषहरुले मात्रै माटाका भााडाहरू बनाउने र महिलाहरूले त्यसमा सहयोग गर्ने गरेकोमा पछिल्लाे समय महिलाहरू पनि अहिले आफै माटाका भाँडाहरू बनाउदैँ आयआर्जनमा जुटेका छन् ।
हिजोका दिनमा माटाका भाँडा बनाएर कुमालेहरूलाई गाउँगाउँमा बिक्रिका लागि जानु पर्दथ्यो मोटरबाटोको सुविधा थिएन निक्कै सास्ती हुन्थो तर अहिले समय फेरिएको छ । कुमालहरूलाई आफुहरूले उत्पादन गरेका भााडाहरु बिक्रिका लागि कुनै चिन्ता छैन ।
आफ्नै गाउँठाउँमा बसेर काम गर्दा रमाइलो पनि हुने र आम्दानी पनि हुने भएका कारण आफुलाई परदेशको मोह बिर्साएको कुमालहरूको भनाइ छ । माटोका भाँडा बनाउने कुमालेहरुले परम्परागत तरिकालाई विस्थापित गर्दै आधुनिक प्रविधि भित्राउन थालेपछि काममा पनि सजिलो भएको र उत्पादन पनि धेरै हुने गरेको छ ।
कुमालेहरुले काममा नयाँ प्रविधि भित्राए पनि माटाका भााडा बनाउनका लागि आवस्यक पर्ने माटो र उत्पादन गरेका भाँडाहरूलाई पोल्न आवस्यक पर्ने दाउराको भने समस्या छ । दैनिक घरायसी प्रयोजनका लागि प्रयोग हुने भाँडादेखी घर सजावट सम्मका सबै वस्तुहरू कुमाल जातीले बनाउने गरेका छन् ।
देउखुरी क्षेत्रमा रहेका कुमाल समुदायले बनाउने माटोका भाडाहरू देउखुरी उपत्यकासहित दाङ, बाँके बर्दिया, प्युठान र कपिलवस्तु सल्यान र रोल्पासम्म बिक्रि हुने गरेको छ । परम्परादेखि माटाका भाँडा बनाउँदै आएका कुमालेको सिपलाई संरक्षण गर्दै उनीहरट्काठ अफ्ठाराहरूलाई भने स्थानिय सरकारले सहजीकरण गर्दै जानुपर्दछ ।