काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलन पछिको विकासित घटनाक्रमले क्षति पुगेका सरकारी भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले पुनर्निर्माण कोष खाता सञ्चालनमा ल्याएको छ ।
बुधबार अर्थमन्त्रालयले एक विज्ञप्तिमा जारी गरेरे उक्त विषयमा जानकारी दिएको हो । जसमा स्वदेश तथा विदेशमा रहेका नेपालीले रकम जम्मा गर्न सक्नेछन् । साथै विकास साझेदारसँगै अन्य नेपालको पुनर्निर्माणमा चासो राख्ने संघ–संस्था तथा निकायले रकम जम्मा गर्न सक्ने अर्थमन्त्रालयले जनाएको छ ।
राष्ट्रिय बाणिज्य बैंकमा यस्तो खाता सञ्चालनमा ल्याइएको अर्थ मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।