चाडपर्वलक्षित अनुगमन तिब्र पार्दै खाद्य प्रविधि तथा गुण निणन्त्रण विभाग

आश्विन ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
चाडपर्वलक्षित अनुगमन तिब्र पार्दै खाद्य प्रविधि तथा गुण निणन्त्रण विभाग

काठमाडौं । खाद्य प्रविधि तथा गुण निणन्त्रण विभागले चाडपर्वलक्षित अनुगमन तिब्र पार्दै गएको छ ।

नेपालीहरूको महानचाड दशैँ तिहार नजिकिएसँगै बजारमा अखाद्य वस्तुहरु बढेको गुनासाहरु बढेपछि अनुगमन सुरु गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डाक्टर मतिना जोशी (वैद्य)ले चाडपर्वलक्षित अनुगमनलाई बढाइएको बताउनु भयो ।

अहिले राजमार्गमा भएका होटेल, रेस्टुरेण्टहरुलगायत बजार अनुगमनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र यसअन्तर्गत रहेका सातवटा प्रदेशमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरु र ती प्रदेशअन्तर्गत रहेका कार्यालयअन्तर्गत रहेका जिल्लास्थित डिभिजन कार्यालयहरुमार्फत भइरहेको छ । अनुगमनबाट निर्देशन दिनेदेखि जरिवानासम्म गर्ने काम भइरहेको उहाँको भनाइ छ ।

महानिर्देशक वैद्यले पानीका जारदेखि दुग्घजन्य वस्तु, खाद्यन्न सम्म नै अनुगमनबाट समस्या देखिएको बताउनु भयो । उहाँकाअनुसार प्रशोधित पानीहरुमा समस्याहरु छन् । पुराना थोत्रा जारहरु जता ततै प्रयोग भइरहेको छ । ती जारहरुलाई उपभोक्ताले रिजेक्ट गर्न सकेका छैनन् । उहाँका अनुसार रेस्टुरेण्ट होटलहरुले मापदण्ड पूरा नगरेको, दुधमा मिसावट गरिएको, कतिपय खाद्य वस्तुमा बढी रंग प्रयोग गरिएको पछिल्ला अनुगमनबाट पाइएको छ ।

जोशीकाअनुसार मुलुक संघीय प्रणालीमा गएकाले तल्लो तहबाट पनि अब अनुगमन हुनसक्ने भएकाले खाद्य स्वच्छता कायम गरिने बताउनु भयो । उहाँकाअनुसार २ वर्ष अगाडीसम्म २०२० सालको खाद्य ऐन रहेकोमा विश्व बजारको परिवेशलाई समेटेर गुणस्तर ऐन, २०८१ आइसिकेको छ । 

त्यसले सम्पूर्ण खाद्य श्रृंखलामा नै खाद्य स्वच्छता कायम हुनुपर्ने भनेको छ । ऐनअनुसार विभागले प्रभावकारी हिसाबले काम गर्दै जाने उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.