सेयरको विषयमा विवाद चर्कंदा स्थानीयद्वारा भोटेकोसी गाउँपालिकामा तोडफोड

आश्विन २, २०८२ |कमला पाख्रिन
सेयरको विषयमा विवाद चर्कंदा स्थानीयद्वारा भोटेकोसी गाउँपालिकामा तोडफोड

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशीमा माथिल्लो भोटेकोसी पावर कम्पनी हाइड्रोपावरले दिनुपर्ने सेयरको विषयमा विवाद चर्कंदा स्थानीयद्वारा भोटेकोसी गाउँपालिकामा तोडफोड गरिएको छ ।

४६ मेगावाट क्षमताको माथिल्लो भोटेकोसीले विद्युत उत्पादन गरेको दुई दशक हुँदा पनि स्थानीयलाई सेयर नदिएपछि सेयरको विषयलाई लिएर भोटेकोसीमा विवाद बढेको हो ।

विवाद चर्किंदै जाँदा आक्रोशित स्थानीयले पालिकामा ढुंगामुढा गरेर क्षति पुर्याएका छन् । बैठक छोडेर जनप्रतिनिधि र हाइड्रोपावरका प्रतिनिधि भागेका छन् । धकेलाधकेल हुँदा दुईजना सामान्य घाइतेसमेत भएका छन् ।

जेन-जी आन्दोलनको क्रममा स्थानीयले सेयरको विषयलाई लिएर १० दिनदेखि बन्द पावरहाउस खुलाएर विद्युत उत्पादन सुचारू गर्न कम्पनीले आन्दोलनरत स्थानीयसँग कुनै छलफल नगरी जनप्रतिनिधिसँग कम्पनीले बैठक गरेको थाहा पाएपछि स्थानीय पालिका भवनमा जम्मा भएर विरोध जनाएका थिए ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।