विद्युत बिक्रीबाट भारू र डलर आम्दानी : तीन महिनामै १५ अर्बको विद्युत निर्यात

आश्विन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
विद्युत बिक्रीबाट भारू र डलर आम्दानी : तीन महिनामै १५ अर्बको विद्युत निर्यात

काठमाडौं । तीन महीनामै १५ अर्बको विद्युत निर्यात गरिएको छ । 

नेपाल विद्युत प्राधिकरणकाअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रूपैयाँ बराबरको विद्युत निर्यात भएको हो । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत दैनिक रूपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो । 

उहाँकाअनुसार भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ ।सिलवालकाअनुसार भारतको प्रशारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रूपमा ४० मेगावाट विद्युत निर्यात भइरहेको छ । 

भारतसँगको विद्युत व्यापार भारतीय रूपैयाँ (भारू)मा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ । त्यसैले विद्युत बिक्रीबाट भारू र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत निर्यात स्वीकृति पाएको उहाँको भनाइ रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.