भारतीय बैंकबाट ऋण लिने नीतिगत व्यवस्था गर्न व्यवसायीको माग

आश्विन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारतीय बैंकबाट ऋण लिने नीतिगत व्यवस्था गर्न व्यवसायीको माग

काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले नेपाल, भुटान र श्रीलंकाका नागरिकलाई भारतको बैंकबाट ऋण दिने व्यवस्था गरेसँगै यस्तो ऋण प्राप्तिको बाटो खोल्न नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्नुपर्ने उद्योगी-व्यवसायीले बताएका छन् । यस्तो ऋण उत्पादनमूलक कामका लागि प्रयोग गर्नुपर्ने व्यवस्था गर्न पनि उनीहरुले सुझाव दिएका छन् ।

यही असोज १५ गते रिजर्भ बैंक अफ इन्डियाले भारतीय बैंक र तिनका विदेशस्थित शाखाले नेपाल, भुटान र श्रीलंकालगायत छिमेकी देशका नागरिकलाई रुपैयाँमै ऋण दिन सक्ने व्यवस्था गरेको थियो । अब नेपालमा विदेशी मुद्रा अभाव भए पनि भारतीय बैंकबाट ऋण लिएर नेपालमा सामान आयात गर्नसमेत ब्यापारीलाई सहज हुने छ । तर, यस्तो व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले पनि नीतिगत व्यवस्था गरिदिनुपर्ने व्यवसायीको भनाइ छ ।

नेपालका बैंकबाटै ऋण प्रवाह हुन नसकेका बेला यसले तत्काल ब्यापारबाहेक अन्य क्षेत्रमा सघाउने सभावना छैन । तर भविषयमा उत्पादनमूलक उद्योगमा समेत यस्तो ऋण लिनसक्ने बाटो खुला भएको छ । ऋणको सदूपयोग हुने गरी नीतिगत व्यवस्था गर्नुपर्ने विज्ञको भनाइ छ ।

अन्तर्राष्ट्रिय व्यापारमा रहेको डलरको आधिपत्य कम गर्ने र भारतीय मुद्राको प्रयोग बढाउने उद्देश्यले भारतले यस्तो व्यवस्था गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.