काठमाडौं । संयुक्त अरब इमिरेट्स-यूएईले नेपालीका लागि भिजिट भिसाको व्यवस्था तत्कालका लागि बन्द गरेको छ ।
भिजिट भिसाको प्रवन्ध तत्कालका लागि रोकिएको जानकारी यूएईले परराष्ट मन्त्रालयमार्फत् सरकारलाई गराएको हो । आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी भागेको र उनीहरूले भिजिट भिसालाई दुरूपयोग गर्नसक्ने भन्दै रोक लगाइएकाे जनाइएको छ ।
तर, वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले भने भिजिट भिसाको आवरणमा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति रोकिएको बताउनुभएको छ । त्यस्तै म्यानपावरमार्फत सीपयुक्त श्रमिक कोरिया पठाउने कार्य पनि हाललाई स्थगित गरिएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्देशनपछि स्थगन गरिएको हो ।