काठमाडौं । एसियन थाई फुड्सले ‘डेभिल्स हट चिकेन नुडल्स’ बजारमा ल्याएको छ ।
बजारमा ल्याइएको ‘डेभिल्स हट चिकेन नुडल्स्’ नेपालको सबैभन्दा स्वादिष्ट मसालेदार नुडल्स भएको दाबी एसियन थाई फुड्सले गरेको छ । डेभिल्स हट चिकेन नुडल्समा सन्तुलित मसालेदार स्वाद र स्वादिलो मिश्रण रहेको एसियन थाई फुड्सका निर्देशक आशिष जाजुले जानकारी दिनुभयो ।
उहाँले कम्पनीले ३० भन्दा बढी देशहरूमा नुडल्स निर्यात गर्दै आएको पनि बताउनुभयो । व्यवस्थापकीय निर्देशक महेश जाजुले सन्तुलित मसाला र डेभिलीसिअस स्वादको लगाव झल्किने भएकोले नेपाल र विदेशका ग्राहकलाई समेत नुडल्स मन पर्ने बताउनुभयो ।
प्रतिप्याकेट ५० रुपैयाँमा उपलब्ध डेभिल्स हट चिकेन नुडल्सको ५ प्याकेटको फ्यामिली प्याक २५० रुपैयाँमा पाइनेछ । प्रयोगकर्तालाई थप खुसी दिने उद्देश्यले प्रत्येक प्याकमा चकलेट वेफर पनि रहेको कम्पनीले जनाएको छ ।
यो भाटभटेनीलगायत ठूला खुद्रा पसलहरूमा र दराजजस्ता अनलाइन प्लेटफर्महरूमार्फत् नेपालका सबै ठूल सहरहरूमा सजिलै उपलब्ध हुने जानकारी गराउँदै एशियन थाई फुड्सले आफ्ना उत्पादनमा गुणस्तर, प्रामाणिकता, र नवप्रवर्तन कायम राख्ने प्रतिवद्धता समेत जनाएको छ ।