अहिले बैंकहरूको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना

श्रावण ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
अहिले बैंकहरूको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना

काठमाडौं । डेपुटी गभर्नर नीलम ढुंगानाले नयाँ बैंकको लाइसेन्स अहिले नै बाँड्न सक्ने अवस्था नरहेको प्रष्ट पार्नुभएको छ ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा ढुंगानाले नयाँ बैंक स्थापनाबारे चर्चा भएपनि अहिले नै लाइसेन्स बाँड्न सक्ने स्थिति नरहेको बताउनुभएको हो । 

ढुंगानाकाअनुसार बैंकहरूमा अस्वस्थ प्रतिस्पर्धा भयो भन्न थालेको अहिले धेरै भएको छैन । कतिपय बैंकहरूमा समस्या भएका कारण अरूमा मर्ज गरिएको धेरै भएको छैन । मर्ज गर्ने स्थिति आएर मर्ज गर्नुपर्‍यो  । कतिवटा बैंकहरू उपयुक्त हुन्छ भन्ने सन्दर्भमा राष्ट्र बैंकले अध्ययन समेत गरेको थियो । दुई वर्षअघि एउटा अध्ययन गरेर बैंकहरूको संख्या निर्धारण गर्ने अहिले त्यसैलाई मिचेर नयाँ लाइसेन्स दिने कुरा सम्भव नहुने ढुंगानाले बताउनु भयो । 

ढुंगानाकाअनुसार राष्ट्र बैंकले मौद्रिक नीति नियमन तथा आवश्यक अन्य प्रावधानमार्फत बैंकिङ क्षेत्रमा स्थायित्व कायम राख्न निरन्तरण प्रयासरत छ । बैंंक तथा वित्तीय संस्थाहरूको वर्तमान स्थिति र परिदृश्यलाई नेपाल राष्ट्र बैंकले राम्रोसँग निहालिरहेको उहाँकाे भनाइ छ । 

बैंकिङ प्रणालीमा भएको विस्तार र आधुनिकीकरण, वित्तीय पहुँचमा भएको विस्तार, भुक्तानी प्रणालीमा भएको आधुनिकीकरण, वित्तीय सेवाको विविधिकरण र गुणस्तरमा सुधार र स्वतन्त्र पुँजी वृद्धिको प्रभावकारी कार्यान्वयनमार्फत समग्र आर्थिक स्थायित्व कायम गर्दै आउनु उपलब्धिका विषयहरू रहेको उहाँले बताउनु भयो ।

कोभिड र त्यसपश्यात विश्व अर्थतन्त्रमा देखा परेका विभिन्न असरहरूका कारण केही वर्षयता अर्थतन्त्रले अपेक्षित गती लिन नसकेको बताउँदै अर्थतन्त्रका सूचकहरू गत वर्ष संकुचनमा रहेपनि अहिले भने विस्तारै सुधारोन्मुख रहेको डेपुटी गभर्नर ढुंगानाले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.