काठमाडौं । द काठमाडौं पोस्ट र कान्तिपुर दैनिकको वार्षिक ग्राहक योजना 'कान्तिपुर सब्स्क्राइब्स एन्ड ड्राइभ नामी" योजनाअन्तर्गत स्युचाटारका गौरब नगरकोटीले नामीको बिद्युतीय कार जित्नुभएको छ ।
बिहिबार आयोजित 'लक्की ड्र' कार्यक्रममा २५ हजार ९ सय ९३ ग्राहक नम्बर रहेका नगरकोटी कार जित्न सफल हुनुभएको हो । कान्तिपुर पब्लिकेसन्सले तीन वर्षयता हरेक वर्ष आफ्ना ग्राहकमध्येबाट एक जनालाई लक्की ड्रमार्फत् कार उपहार दिने गरेको छ ।