५० रुपैयाँ दरका ४२ करोड नोट छाप्न राष्ट्र बैंकको बोलपत्र आह्वान

श्रावण ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
५० रुपैयाँ दरका ४२ करोड नोट छाप्न राष्ट्र बैंकको बोलपत्र आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड नोट छपाइ आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ । 

बैंकले आज सार्वजनिक सूचना प्रकाशन गर्दै सुरक्षित तवरले नोट छाप्नका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको हो । 

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बोलपत्रको मूल्य नेपाली रुपैयाँमा २० हजार रहेको छ भने अन्य विदेशी मुद्राहरूमा यूएस डलर १४६, यूरो १२६ र पाउण्ड १०९ निर्धारण गरिएको छ ।

बोलपत्र कम्तीमा १२० दिनसम्म मान्य रहनेछ र न्युनतम ४ करोड रुपैयाँको बैंक जमानतपत्र पनि संलग्न गर्नुपर्ने उल्लेख छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नोट छपाइका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकेको जनाएको छ ।

बोलपत्र बुझाउने अन्तिममिति २०८२ भदौ २३ गतेलाई तोकिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.