काठमाडौं । नेपालकै सबैभन्दा भरपर्दो स्मार्टफोन ब्रान्ड सामसुङले ग्यालेक्सी सिरिजको नयाँ माेडल एम ३६ फाइभजी मोबाइल सार्वजनिक गरेकाे छ।
यो स्मार्टफोन भेल्वेट ब्ल्याक र सिरिन ग्रीन रंगमा नेपालभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुने बताइएकाे छ। दुई भेरियन्टमा उपलब्ध हुने ग्यालेक्सी सिरिजको नयाँ मोडलअन्तर्गत १२८ जीबी क्षमता भएको मोडलको मूल्य ३६ हजार ९९९ कम्पनीले कायम गरेको छ भने ८ जीबी २५६ जीबी क्षमता भएको मोडेलको मूल्य ४१ हजार ९९९ तोकिएको हो ।
नेपलामा सर्वजनिक हुने नयाँ मोडलको स्मार्टफोनमा नयाँ प्रविधिहरू जडान गरिएको कम्पनीले जनाएको छ । यस्तै एड्भान्स एआई प्रविधि समेत सबैको हातमा हुने कम्पनीले विश्वास व्यक्त गरेको छ।
यस्तै नयाँ मोडलमा तीन वटा क्यामेराको समेत व्यवस्था गरिएको छ । यस्ते विभिन्न नयाँ फिचरहरू समेत नयाँ मोडलमा समावेश गरिएको कम्पनीले जनाएको छ । ग्यालेक्सी एम ३६ फाइभजी बिहिबारदेखि नेपालभरका सामसुङ रिटेल स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।