इमामी लिमिटेडद्वारा नेपालमा ’नवरत्न बीट मसाज-२०२५’ अभियान प्रारम्भ

श्रावण ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
इमामी लिमिटेडद्वारा नेपालमा ’नवरत्न बीट मसाज-२०२५’ अभियान प्रारम्भ

काठमाडौं । ७० दिने यस अभियानले उपभोक्तालाई प्रत्यक्ष संलग्न गराएर दुई मिनेटमै टाउको दुखेको, शरीर दुखेको र तनावबाट शीतलताको राहत दिनेछ।

भारतको अग्रणी पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी मध्येको एक इमामी लिमिटेडले आफ्नो उत्कृष्ट उत्पादन नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालभरि एक महत्वाकांक्षी नयाँ अभियान- ’नवरत्न बीट मसाज २०२५’ को शुभारम्भ गरेको छ। 

अभियान जेष्ठ ११ बाट सुरू भएर साउन १७ सम्म नेपालको तराई क्षेत्रमा केन्द्रीत भएर सञ्चालन गरिने कम्पनीले जनाएको छ । यो नयाँ ७० दिने अभियानले पूर्वी तथा पश्चिमी नेपालका २४ जिल्लाहरू ओगट्ने छ। 

यस अभियानअन्तर्गत तीन सय भन्दा बढी ब्रान्डेड सैलुनहरू र ६० वटा मोबाइल स्टलमार्फत निःशुल्क दुई मिनेटको नवरत्न हेड मसाज प्रदान गरिनेछ। यसबाट हजारौं उपभोक्ताहरूले दैनिक रूपमा नौ आयुर्वेदिक जडिबुटीहरूको शक्तिशाली मिश्रणबाट बनेको नवरत्न तेलको शीतलता र तनाव कम गर्ने फाइदाहरू अनुभव गर्न सक्नेछन्।

अभियानमा खटिएका दुई समर्पित टोलीले दैनिक १०० किलोमिटरभन्दा बढी यात्रा गर्नेछन्। उनीहरूले अन्तरक्रियात्मक स्टलहरू, सवारी साधनको ब्रान्डिङ, सार्वजनिक घोषणाहरू र दुई मिनेट च्यालेन्ज, कूल-कूल पर्फमेन्स जस्ता विभिन्न खेलहरूमार्फत उपभोक्ताहरूलाई प्रत्यक्ष अनुभव प्रदान गर्नेछन्।

यस अभियानले प्रत्यक्ष संलग्नतामार्फत ६० हजार भन्दा बढी उपभोक्ताहरूसम्म पुग्ने अपेक्षा गरिएको छ । जसमा १२ हजार भन्दा बढी वेट स्याम्पलिङ (मसाज) र ३० हजार भन्दा बढी ड्राई स्याम्पलिङ (स्यासे वितरण) समावेश छन्।

बढ्दो तनाव र थकानलाई मध्यनजर गर्दै, नवरत्न तेलको सन्देश एकदमै सरल र प्रभावकारी छः ’कूल-कूल नवरत्न, जुनसुकै बेला, जहाँपनि।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.