बर्दियाका किसान ड्रागन फ्रुट खेतिमा लागे, उत्पादन राम्रो भए पनि बजार सुनिश्चितता भने भएन

श्रावण ६, २०८२ |रेजिना मल्ल|कमल पन्थी
बर्दियाका किसान ड्रागन फ्रुट खेतिमा लागे, उत्पादन राम्रो भए पनि बजार सुनिश्चितता भने भएन

बर्दिया । बर्दियाका किसानहरू ड्रागन फ्रुटको खेती तर्फ आकर्षित हुन थालेका छन । एक पटक बोट लगाए पच्चिस वर्षसम्म फल दिने आम्दानी हुने गर्छ । आम्दानी पनि बढ्ने अपेक्षाले किसानको ड्रागन फ्रुटको खेतीमा लगानी बढ्न थालेको हो । 

गुलरिया नगरपालिका-८ सुरजपुरका हिम बहादुर पुन दुई वर्षदेखि ड्रागन फ्रुटको खेती गरिरहनु भएको छ । करिब ५ सय रूपैयाँ प्रति किलोमा बिक्री हुने गरेको छ । २ कटटामा लगाएको ड्रागन फ्रुटबाट खर्च कटाएर ५ लाखसम्म बचत गर्नु भयो ।

यस्को माग स्थानीय बजारबाहेक सुर्खेत, दैलेख, नेपालगन्ज जस्ता बजारमा बढी छ । फल लागेको एक महिनामा फल पाक्ने र बजारमा लिन सकिने भएका कारण पनि किसान उत्साहित छन ।

पछिल्लो समयमा राम्रो मुल्य पाउने भएका कारण ड्रागन फ्रुटको खेतिका किसानले लगानी बढेको हो तर यसको आन्तरिक र बाहृय दीर्घकालिन बजार सुनिश्चिततामा भने हुन सकेको छैन ।


Image

रेजिना मल्ल

मल्ल कान्तिपुर टेलिभिजन बर्दियाकी क्यामेरा पर्सन हुन् ।

Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।