मौद्रिक नीति सार्वजनिक भएसँगै बाणिज्य बैंकहरूले घटाए निक्षेपको ब्याजदर

असार ३२, २०८२ |कान्तिपुर टीभी संवाददाता
मौद्रिक नीति सार्वजनिक भएसँगै बाणिज्य बैंकहरूले घटाए निक्षेपको ब्याजदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेप संकलनको ब्याजदर घटाउने गरी मौद्रिक नीति सार्वजनिक गरेपछि बाणिज्य बैंकहरूले समेत निक्षेपको ब्याजदर घटाएका छन् । 

२० वटा वाणिज्य बैंकमध्ये १५ वटा बैंकले असारको तुलनामा साउनका लागि ब्याज घटाएका हुन् । ४ वटाले यथावत राख्दा एकवटाले भने बढाएको छ ।

राष्ट्र बैंकले ब्याजदर कोरिडोरका सबै दरलाई घटाएसँगै बैंकहरू पनि ब्याजदर घटाउने निष्कर्षमा पुगेका छन् । साउनमा घटेको निक्षेपको ब्याजदरले आगामी दिनमा कर्जाको ब्याजदर थप सस्तो हुने संकेत गरेको छ । 

निक्षेपको ब्याजदर प्रत्येक महिनामा घटबढ हुने भए पनि कर्जाको ब्याजदर भने तीन महिनाको औसत ब्याजदरलाई आधार गरेर तय हुने गर्छ । गत असारमा मुद्दती निक्षेपको ब्याजदर औसतमा पाँच दशमलव नौ- चार रहेकामा अहिले शून्य दशमलब दुई पाँच प्रतिशतले घटेर ५ दशमलब छ-नौ कायम भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.