काठमाडौं । असारको तेस्रो साता बितिसक्दा पनि देशभर करिब ४४ प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।
संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सबैभन्दा कम मधेश प्रदेशमा २५ प्रतिशत मात्र रोपाइँ भएको छ । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत रोपाइँ भएको छ । मन्त्रालयका अनुसार कोशी प्रदेशमा अहिलेसम्म ३४ प्रतिशत, बागमतीमा ४१ प्रतिशत, गण्डकीमा ४९ प्रतिशत, लुम्बिनीमा ४४ र कर्णाली प्रदेशमा ७८ प्रतिशत रोपाइँ भएको छ ।
पहाडी जिल्लामा रोपाइँ राम्रो भए पनि मधेश प्रदेशमा पानी नपर्दा कम भएको हो ।