जनकपुर । वनस्पति अनुसंधान केन्द्र धनुषाले वनस्पति गुणले भरिपुर्ण बहुउपयोगी जडीबुटी वितरणको तयारी थालेको छ ।
धनुषाधामस्थित रहेको वनस्पति उद्यानमा विभिन्न प्रजातीका जडीबुटी र फुलहरूको हजारौँ बिरूवा उमार्न सफल भएको वनस्पति अनुसंधान केन्द्रले वितरणको तयारी थालेको हो ।
औषधीय गुणले भरिपुर्ण २५ हजार लेमनग्रास, १५ हजार कुरिलो र १० हजार सितलचिनी सजिवन नि: शुल्क वितरण गर्ने योजना छ । यि तिनै प्रजातीका जडिबुटिको सब भन्दा बढी माग रहेको छ ।
यसका साथै टक्कर, निलकाँडा, बेली, चम्पा, अरहुललगायत विभिन्न प्रजातीका फुलका बिरूवाहरूसमेत नि:शुल्क वितरण गर्ने वनस्पति अनुन्सधान केन्द्र धनुषाको योजना छ ।
प्राकृतिक अवस्थामा रहेका वनस्पतिहरूको संरक्षण र यसको महत्वबारे जानकारी बढ्दै गएपछि जडिबुडि र वनस्पति प्रति सर्वसाधारणको आकर्षण पनि बढ्दै गएको छ ।
सरकारी स्तरमै स्व-स्थानीय र पर-स्थानीय वनस्पतीहरूको संरक्षणमा जोड दिइएपछि यसले जैविक विविधतार वातावरणीय संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेलेको छ ।
२०५६ सालमा स्थापना भएको धनुषाधाम वनस्पति उद्यानमा करिब २ सय ५३ प्रजातिका वनस्पतिहरूको संरक्षण गरिएको छ । जस मध्ये ८३ वटा रूख, ४५ वटा बुट्यान, १ सय १० झारपात र १५ लहरे प्रजाति रहेको वनस्पति अनुसन्धान केन्द्र धनुषाले जनाएको छ ।