काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले मुलुकको आर्थिक प्रणाली पारदर्शी र जवाफदेही नभएसम्म लोकतान्त्रिक शासन व्यवस्था सुदृढ हुन नसक्ने टिप्पणी गर्नुभएको छ ।
आइतबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले मुुलुकको लेखा प्रणाली बलियनो नभएसम्म लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन नसकिने बताउनुभएको हो ।
उहाँले सानो अर्थतन्त्र भएको नेपालजस्तो मुलुकमा यति धेरै बेरूजु आउनु सामान्य कुरा नभएको बताउनु भयो । मुलकमा सुशासनको अभाव, आर्थिक पारदर्शीता नहुनु तथा कर्मचारीको कमजोर कार्यक्षमताका कारण बेरूजु बढ्दै गइरहेको उहाँकाे भनाइ छ।
सांसद भट्टराईले वर्तमान लेखा प्रणालीमा देखिएको कमजोरीले लोकतान्त्रिक शासन प्रणाली नै संकटमा पर्न सक्नेतर्फ सबै सचेत हुन जरूरी रहेको बताउनु भयो ।