काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले भूमिसम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग आग्रह गर्नुभएको छ ।
आइतबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समितिमा आइतबार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरूसँग छलफल भएको हो ।
छलफलका क्रममा बोल्दै वास्तविक सुकुम्बासी, भूमिहिनहरूले जग्गा पाउनुपर्ने तर भूमाफिया र दलालहरूलाई पोस्ने ढोका बन्द गर्न उहाँले आग्रह गर्नुभयो । सकेसम्म विधेयक सरकारले फिर्ता लिनुपर्ने र नसके संशोधनहरु सम्बोधन गरिनुपर्ने उहाँकाे भनाइ छ ।
सांसद ज्वालाले सरकारले निकुञ्ज र वन क्षेत्रको जग्गा पहिला आफ्नो नाममा लिने र वनक्षेत्रसँग छुटाएपछि वितरण गर्ने काम गलत भएको बताउनु भयो ।