काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले १ जुलाईदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।
समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रूपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर चार रूपैयाँले बढाउने निर्णय गरेको हो।
नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १६५ रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ रूपैयाँ कायम भएको छ।
सूचना :