नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलद्वारा सम्पत्ति विवरण सार्वजनिक

असार ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलद्वारा सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । 

राष्ट्र बैंकको वेबसाइटमार्फत् सार्वजनिक गरिएको सम्पत्ति विवरणमा पौडेल र उहाँकी श्रीमतीको नाममा ७ वटा कम्पनीमा १४ करोड ५ लाख ६७ हजार रूपैयाँ बराबरको सेयर लगानी रहेको उल्लेख छ ।

सात कम्पनीमा १५ लाख ३६ हजार ५ सय ८९ कित्ता सेयर रहेको विवरणमा खुलाइएको छ । यो सबै पैतृक सम्पत्ति तथा स्व:आर्जनबाट जोडिएको गभर्नरले उल्लेख गर्नुभएको छ ।

त्यसैगरी ललितपुरको सैंबु र नवलपरासी गैंडाकोटमा एक/एक वटा घर र जग्गा रहेको पनि विवरणमा उल्लेख छ । यसका साथै ४५ तोला सुन, १५ लाख रूपैयाँ बराबरको हिराका गहना रहेको छ ।

यसैगरी २७ लाख रूपैयाँ बैंकमा निक्षेपको रूपमा रहेको छ । ४४ लाख रूपैयाँ बराबरको एउटा सुजुकी गाडी श्रीमतीको नाममा रहेको समेत गभर्नर पौडेलको सम्पत्ति विवरणमा उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.