काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको विकास मोडलको बारेमा एक पटक छलफल गर्न जरूरी रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजित बजेटमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम अवधिमा कसरी छिमेकी देशहरूले तिब्र रूपले विकासलाई अघि बढाए र नेपालले त्यसबाट सिकेर कसरी अघि बढ्ने भन्नेबारेमा अध्ययन गर्न जरूरी रहेको बताउनु भयो ।
मुलुकमा जलश्रोतको क्षेत्रमा भइरहेको विकास र उत्साहलाई निरन्तरता दिन जरूरी रहेको उहाँले बताउनु भयो । उजा क्षेत्रको प्रवर्द्धन र विकासले नै भारतसँगको व्यापार घाटालाई हटाउन सकिने जिकिर गर्नुभयो ।
सांसद कार्कीले उर्जामा टेक एण्ड पेको अवधारणालाई समीक्षा गरेर सच्याउनुपर्ने बताउनु भयो ।