भक्तपुर नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन

असार ८, २०८२ |सुन्दर शिल्पकार
भक्तपुर नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन

भक्तपुर । भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २ अर्ब ४७ करोड ३१ लाख बजेट विनियोजन गरेको छ । 

भक्तपुर नगरपालिकाको १८औं नगरसभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि चालू खर्च १ अर्ब ५२ करोड ५३ लाख रूपैयाँ अर्थात् ६१ दशमलव ६७ प्रतिशत र पूँजीगत खर्च तर्फ ८० करोड ४८ लाख रूपैयाँ अर्थात् ३२ दशमलव ५४ प्रतिशत बजेत विनियोजन गरिएको हाे ।

उपप्रमुख रजनी जोशीले नगरसभामा उक्त बजेट पेस गर्नुभयो । यस्तै वित्तीय व्यवस्थापन तर्फ १४ करोड ३० लाख रूपैयाँ वजेट विनियोजन गरिएको उपप्रमुख जोशीले बताउनुभयो । 

चालू आर्थिक वर्षका लागि २ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको थियो । जसमध्ये आन्तरिक आय तर्फ नगरपालिकाले ६५ करोड ८३ लाख रूपैयाँ आम्दानी हुने अपेक्षा गरिएकोमा जेठ मसान्तसम्म ४९ करोड २१ लाख रूपैयाँ आम्दानी भएको जनाइएको छ । 

जुन अम्दानी कूल अनुमानित आम्दानीको ७४ दशमलव ७५ प्रतिशतमात्रै हो । चालू आर्थिक वर्षमा चालू खर्च १ अर्ब ५७ करोड ३ लाख विनियोजन गरिएकोमा जेठ मसान्तसम्म जम्मा ६ करोड ९ लाख अर्थात् ६७ दशमलव ५६ प्रतिशतमात्रै खर्च भएको देखिन्छ । 

चालू आर्थिक वर्षमा पूँजीगत खर्च जेठ मसान्तसम्ममा ४४ दशमलव ९१ प्रतिशत मात्रै छ । जसमा ९९ करोड ४० लाख रूपैयाँ पूँजीगत खर्च विनियोजन गरिएको थियो।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।