अर्थमन्त्रीको निर्देशन: अन्तरमन्त्रालय फाइल नरोकी काममा सहजीकरण गर्न कर्मचारीलाई निर्देशन

जेष्ठ २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
अर्थमन्त्रीको निर्देशन: अन्तरमन्त्रालय फाइल नरोकी काममा सहजीकरण गर्न कर्मचारीलाई निर्देशन

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्य मन्त्रालयबाट आएका फाइल नरोकी सहजीकरण गर्न अर्थ मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ । अन्तरमन्त्रालय समन्वय बढाएर काममा सहजीकरण गर्न उहाँले निर्देशन दिनुभएको हो ।

मन्त्रालयमा कर्मचारीहरूसँगको बैठकमा मन्त्री पौडेलले प्राथमिकताका आधारमा काम अघि बढाउन र बजेट कार्यान्वयनमा लैजान कानूनहरू संशोधन गर्नुपर्ने भएकाले त्यसको गृहकार्य गर्न पनि निर्देशन दिनुभएको छ । 

आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि पूर्व तयारीका काममा लाग्न पनि उहाँले कर्मचारीलाई निर्देशन दिनुभएको छ । साथै सोही बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेश घिमिरेले राजस्व संकलन र पुँजीगत खर्च वृद्धिमा सहजीकरण गर्न महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरूलाई निर्देशन दिनु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.