विलासी करको विरोध गर्दै सुनचाँदी व्यवसायी आन्दोलित

जेष्ठ २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
विलासी करको विरोध गर्दै सुनचाँदी व्यवसायी आन्दोलित

काठमाडौं । सरकारले बजेटमार्फत् सुनमा २ प्रतिशत विलासी कर लगाएपछि व्यवसायी आन्दोलित भएका छन् ।

पछिल्लो एक सातादेखि विभिन्न चरणका आन्दोलन गरिरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न आभूषण व्यवसायी महासंघ र नेपाल हस्तकला व्यवसायी महासंघले बिहीबार देशभरका सबै व्यवसाय बन्द गरेर कारोबार ठप्प पारेका हुन् । २ प्रतिशत विलासी कर भने पनि यो व्यवस्था हरेक तहमा लाग्ने हुँदा कम्तीमा पनि करको दर ६ प्रतिशत हुन आउने व्यवसायीको भनाइ छ ।

नेपालीको संस्कार, सामाजिक रीतिरिवाज र धर्मसँग सम्बन्धित भएकाले सुनमा विलासी कर उचित नहुने पनि उनीहरूको भनाइ छ ।

त्यस्तै पत्थरमा १३ प्रतिशत भ्याट भने पनि भ्याट नभएको कुनै वस्तुमा पत्थर जोडिएमा सबैमा भ्याट लाग्ने नियमले महँगो पर्न जाने व्यवसायीको भनाइ छ ।

सरकारले भने सुनचाँदीमा पारदर्शिता नभएका कारण नेपाल एफएटीएफको ग्रे लिस्टमा परेकाले कर लगाउनुपरेको बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.