कोशी प्रदेशले आयोजना गरेकाे लगानी सम्मेलन-२०२५ सुरू

वैशाख १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेशले आयोजना गरेकाे लगानी सम्मेलन-२०२५ सुरू

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि लगानी सम्मेलन सुरू भएको छ । सम्मेलन बिहीबार र शुक्रबार गरी दुई दिन चल्नेछ ।

भोलिसम्म चल्ने सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजनाहरू सोकेसमा राखिएका छन ।

लगानी सम्मेलनकै क्रममा दुई दर्जन बढी परियोजनामा भने सम्झौता (एमओयू) नै हुने लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले जानकारी दिनुभयो । 

कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आइटीलगायतका क्षेत्रहरूसँग सम्बन्धी परियोजनाहरूलाई सफल बनाउन कोशी प्रदेश सरकारले आठ वटा कानुन अध्यादेशमार्फत् संशोधन गरेको छ । यसले प्रदेशमा लगानी गर्दा आइपर्ने सम्पूर्ण झन्झटहरू अन्त्य हुने अपेक्षा गरेको प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कोइरालाले दाबी गर्नुभयो ।

कोशी सरकारको लगानी सम्मेलनमा चीन, रूस, अमेरिका, दक्षिण कोरिया, भारतलगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.