सुनको मूल्य बढेको बढ्यै, प्रतितोला १ लाख ९७ हजार ९ सय पुग्यो

वैशाख ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनको मूल्य बढेको बढ्यै, प्रतितोला १ लाख ९७ हजार ९ सय पुग्यो

काठमाडौं । नेपाली बजारका सुनको मूल्य आज प्रतितोला २ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको जानकारी दिएको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

सोमबार सुनको मूल्य १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएकोमा आज एकै दिन ६ हजार ९ सय रुपैयाँले बढेको हो । अमेरिका र चीनको बढ्दो व्यापार तनावको असर सुनको मूल्यमा परेको व्यवसायी तेजरत्न शाक्यले बताउनु भयो । मूल्य बढ्दा बिक्री भने घटेको छ । दैनिक २० केजीसम्म खपत हुने गरेको आन्तरिक बजारमा अहिले दैनिक ५ देखि ७ केजी मात्र खपत भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.