काठमाडौं । नेपालमा उत्पादन भएको महको अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्नका लागि प्रयोगशालाहरूको स्तरोन्नति गर्न विज्ञहरूले सुझाव दिएका छन् । आज ललितपुरमा भएको कार्यक्रममा विज्ञहरूले युरोपेली बजारले खोजे अनुसारका मह उत्पादन भए पनि बाह्य बजारले खोजे जस्तो प्रमाणीकरण हुन नसकेको भन्दै बजार विस्तारका लागि नीतिगत र संरचनागत सुधार गर्न सुझाए ।
नेपालमा वार्षिक ५५ सय टन मह उत्पादन हुने गरे पनि सबै बिक्री हुन सकिरहेको छैन । आन्तरिक उत्पादनको खपतका लागि सरकारले महको आयातमा रोक लगाउँदै आएको छ ।