कालिकोटमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

वैशाख ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कालिकोटमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

कालिकोट । कालिकोटको पलाता गाउँपालिका-२ लार्फमा आइतबार राति ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ । पलाता गाउँपालिका-९ थिर्पुबाट खाद्यान्न बोकेर खिनको छलाहा जाँदै गरेको ट्र्याक्टर राडुनेटा लार्फ भन्ने ठाउँमा राति साढे ११ बजे दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी चालकसहित चार जनाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतले बताउनुभयो । दुर्घटनामा मुगु खत्याडका चालक चन्द्रप्रकाश रोकाया, पलाता-५ का अम्बा शाही, पलाता-४ का सदु बुढा र रवीन्द्र विकको मृत्यु भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.