प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेटवार्ता

वैशाख ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री र मुख्यमन्त्रीबीचको भेटमा सुदूरपश्चिम प्रदेशको विकासका सन्दर्भ कुराकानी भएको बताइएको छ ।

मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी असोज १ र २ गते गर्न लागेको लगानी तथा विकास सम्मेलन तयारीका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभयो भने आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राख्न अनुरोध पनि गर्नुभयो । 

भेटमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल पनि उपस्थित हुनुहुन्थ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.