काठमाडौं । दुई पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने छ ।
महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल साटफेर गर्न सकिनेछ । कुनै पनि यामाहा बाइक वा स्कुटरमा ५० हजारको न्यूनतम भ्यालुएशन दिइने भएको छ । अन्य ब्रान्डमा भने २५ हजार न्यूनतम मूल्याङ्कन गरिने छ ।
यामाहा खरिद गरी १ लाखसम्म नगद छुट पनि जित्न सकिने छ । प्रदर्शनमा रे जेडआर प्रमुख आकर्षण रहेको छ । त्यस्तै आर १५ भी ४, एमटी–१५ भी टु, एरोक्स १५५ भी थ्री सिरिज, डब्ल्यूआर १५५ आर लगायतका मोडल राखिएका छन् ।