सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली

चैत्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘केही गर्न सक्छौं र गर्नुपर्छ’ भन्ने संकल्प प्रकट भएकामा खुसी व्यक्त गर्दै निजी क्षेत्र विकासका लागि कम्मर कसेर आत्मविश्वासका साथ लागेकाले सरकार त्यसलाई सघाउन तयार रहेको बताउनु भयो ।

'सरकार र निजी क्षेत्रको सहकार्य नमूनाका रुपमा अघि बढिरहेको छ । हामी सबै मिलेर हाम्रो देश हामी आफैंले बनाउनुपर्छ । तीव्र गतिमा विकास गर्नुपर्छ । हामीले स्वदेशी वस्तुको प्रयोगलाई बढाएर लाँदा गर्व महसुस गर्नुपर्छ,' प्रधानमन्त्री ओलीले भन्नुभयो, 'निजी क्षेत्रले सरकारलाई प्रेरित गरोस् । यसका लागि कुनै आन्दोलन गरिरहनुपर्ने छैन । यो सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको हो ।' 

प्रधानमन्त्री ओलीले सरकारका नीतिहरु छिनछिनमा अस्वभाविक रुपमा बदलिने र नकारात्मक असर पर्ने कामको अन्त्य गर्नकै लागि यो सरकार आएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले जनतालाई सेवा र सुविधा दिनका लागि विद्यमान प्रणाली स्थापना भएको र अहिलेको सरकारले यस प्रणालीलाई बलियो बनाउँदै ठुला उत्पादन र उत्पादकत्व बढाउन अग्रसर रहेको जनाउनुभयो । उहाँले निजी क्षेत्रले दिएका सुझावका आधारमा सरकारले नीति र कानुन बनाउँदै आएको पनि स्पष्ट गर्नुभयो ।

कार्यक्रममा बढी कर तिर्ने क्षेत्रगत कम्पनी र महासंघका उत्कृष्ट प्रदेश र जिल्ला समितिलाई सम्मान गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.