चैत २२ र २३ गते ‘कुमारीपाटी जावलाखेल सडक महोत्सव’ हुने

चैत्र १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
चैत २२ र २३ गते ‘कुमारीपाटी जावलाखेल सडक महोत्सव’ हुने

काठमाडौं । आगामी चैत २२ गते शुक्रबार र २३ गते शनिबार ‘कुमारीपाटी जावलाखेल सडक महोत्सव’ आयोजना हुने भएको छ । ललितपुर महानगरपालिकाको सहआयोजना तथा ललितपुर उद्योग वाणिज्य संघ र ललितपुर चेम्बर अफ कमर्सको सहयोगमा महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सव बिहान ८ बजेदेखि राति ९ बजेसम्म आयोजना हुनेछ । ललितपुरको इटी चोकदेखि कुमारीपाटी, तफाल्हो र जावलाखेलसम्म गरी करिब एक किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ । महोत्सवमा विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रम, ऐतिहासिक झाँकी र मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने छ ।

आयोजकका अनुसार महोत्सवपछि उपयुक्त समयदेखि रात्रिकालीन बजार पनि सञ्चालन गरिनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.