प्रधानमन्त्री ओलीद्वारा आफ्नो ५ दिने थाइल्यान्ड बैठकबारे संसदलाई जानकारी

चैत्र १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओलीद्वारा आफ्नो ५ दिने थाइल्यान्ड बैठकबारे संसदलाई जानकारी

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पाँच दिने थाइल्याण्ड भ्रमणबारे संसदमा जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओली भोलिदेखि थाइल्याण्डको बैंककमा हुने बिमेस्टेक सम्मेलनमा सहभागी हुन भोलि थाइल्याण्ड जान लागेको संसदलाई जानकारी गराउनुभएको हो । बैंककमा रहँदा प्रधानमन्त्री ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण समेत गर्नुहुनेछ । 

बिमस्टेक सम्मेलनको क्रममा प्रधानमन्त्री ओलीले २० गतेदेखि थाइल्याण्डको औपचारिक भ्रमण सुरु गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा दुइवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ भने प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्तार हुनेछ । 

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका नरेश र ब्यावसायीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली चैत्र २२ गते बिमेस्टेक सम्मेलनलाई सम्वोधन गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले थाइल्याण्डमा रहँदा बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरुसँग एकपक्षीय तथा दुइपक्षीय भेटघाट गर्ने तय भएको छ । प्रधानमन्त्री ओली चैत्र २३ गते स्वदेश फर्कनुहुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.