१६ बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन

आन्तरिक रोजगार अभिवृद्धिका लागि नीति र संरचनागत सुधार गर्न सुझाव
फाल्गुन २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
१६ बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन

काठमाडौं । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनले १६ बुँदे घोषणापत्र जारी गरेको छ । काठमाडौंमा दुई दिनसम्म चलेको सम्मेलनले जारी गरेको घोषणापत्रमा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप नेपालमै प्रयोगमा ल्याउनदेखि आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न बजेटमै प्राथमिकता दिनेसम्मका विषय समेटिएका छन् ।

सम्मेलनको दोस्रो तथा अन्तिम दिन आज विज्ञ तथा व्यवसायीहरूले आन्तरिक रोजगार अभिवृद्धिका लागि नीतिगत र संरचनागत सुधारको खाँचो औंल्याए । सूचना प्रविधि क्षेत्रमा पर्याप्त अवसर रहेकाले त्यसलाई बढावा दिने नीति लिन युवा उद्यमीहरूले सुझाव दिए ।

सम्मेलनमा गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले वैदेशिक रोजगारीमा जाँदा आर्जित ज्ञान, सीप र पूँजीलाई उत्पादन र उत्पादकत्व अभिवृद्धिमा लगाउन सक्नुपर्ने बताउनुभयो । कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतले नीतिगत समस्या फुकाएर रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो ।

मुख्यसचिव एकनारायण अर्यालले सरकारले ल्याएका नयाँ कानुन व्यवसायीमैत्री भएको दाबी गर्नुभयो । सरकारी निकायमा फाइल घुमाउने प्रवृत्ति अब अन्त्य भएको भन्दै ढुक्कले काम गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

आन्तरिक रोजगारी सिर्जना गर्ने उपाय खोजी गर्न श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले राष्ट्रिय सम्मेलन गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement