हुम्लाको रोडिकोटमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु, चार जना घाइते

फाल्गुन २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
हुम्लाको रोडिकोटमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु, चार जना घाइते

हुम्ला । हुम्लाको रोडिकोटमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

घाइतेको हेलीकप्टरमार्फत उद्दारका लागि प्रमुख जिल्ला अधिकारी र गृहमन्त्रालयबीच समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

ढिस्कोले पुरिँदा नेत्रकला जैसीको मृत्यु भएको छ । घाइते हुनेमा तिर्थकला जैसी, जालकी जैसी, लक्षमा जैसी र मन्जु जैसी रहेको प्रहरी जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement