प्रमुख श्रम गन्तव्य मुलुकसँग सम्झौता गरेर श्रमिकका अधिकार सुनिश्चित गर्न जोड

फाल्गुन २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रमुख श्रम गन्तव्य मुलुकसँग सम्झौता गरेर श्रमिकका अधिकार सुनिश्चित गर्न जोड

काठमाडौं । सरोकारवाला तथा विज्ञहरूले नेपालीका प्रमुख श्रम गन्तव्य मुलुकहरूसँग उच्चस्तरको श्रम सम्झौता गरेर श्रमिकको हक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । 

काठमाडौंमा चलेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रकी महिला संयोजक सीता लामाले वैदेशिक रोजगारीमा जानेलाई सामान्य अभिमुखीकरण तालिम पनि दिन नसक्दा श्रमिकहरू समस्यामा परेको बताउनुभयो । त्यस्तै वैदेशिक रोजगार व्यवासायी संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्रीले वैदेशिक रोजगारीको इजाजत नलिएका व्यक्तिहरु संलग्नु हुँदा समस्या आएको बताउनुभयो ।

कार्यक्रममा घरेलु महिला श्रमिकमाथि लागेको प्रतिबन्ध फुकाउन विज्ञहरूले जोड दिएका छन् । पूर्वराजदूत शर्मिला पराजुलीले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई पुनःस्थापनाको कार्यक्रम ल्याउन सुझाउनुभयो । श्रम आप्रवासनका विविध आयाममाथि विज्ञहरूले प्रस्तुति दिइरहेका छन् । 

हिजोदेखि सुरु सम्मेलनमा आज सूचना प्रविधिको विकासमा नेपालको सम्भावना र रोजगारीका सिर्जना, वैदेशिक रोजगारबाट प्राप्त ज्ञान, सीप र पूँजीलाई उत्पादन र उत्पादकत्व अभिवृद्धिमा विषयमा छलफल हुँदै छ । उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार भन्ने नारा सहित चलेको सम्मेलनले आन्तरिक रोजगारीको ठोस रणनीति बनाउने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement