बीवाईडी हाई-टेक विक आजदेखि सुरू

फाल्गुन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
बीवाईडी हाई-टेक विक आजदेखि सुरू

काठमाडौं । बीवाईडी हाई-टेक विक आजदेखि सुरू भएको छ ।

आइतबारसम्म चल्ने बीवाईडी हाई-टेक विकमा नयाँ प्रविधियुक्त पाँच वटा गाडीका बारेमा ग्राहकलाई जानकारी गराइने बीवाईडीका कार्यकारी निर्देशक सहिल श्रेष्ठले जानकारी दिनुभयो ।

नयाँ प्रविधि जडान गरिएका गाडीहरूको डेमो प्रत्येक दिन तीन सिफ्टमा गरिने जनाइएको छ । जसअनुसार बिहान ११ देखि साढे १२ बजे, दिउँसो साढे १ देखि ३ बजे र चारदेखि साढे पाँचबजेसम्म प्रदर्शनी गरी जानकारी दिइने श्रेष्ठले बताउनुभयो ।

ती गाडी तराई तथा पहाडका दुवै स्थानहरूमा सहज रुपमा गुड्ने खालको भएको श्रेष्ठको भनाइ छ । प्रदर्शनी अवलोकनका लागि २ सय ५० रुपैयाँ शुल्क लाग्नेछ भने विधार्थीका लागि नि:शुल्क गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement