डिजल र पेट्रोलका सवारी साधनमा कर्जा बढाउने गरी मौद्रिक नीति समीक्षा

फाल्गुन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
डिजल र पेट्रोलका सवारी साधनमा कर्जा बढाउने गरी मौद्रिक नीति समीक्षा

काठमाडौं । डिजल तथा पेट्रोलका सवारी साधनमा कर्जा बढाउने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत् व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमा ६० प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

यसअघि डिजल तथा पेट्रोलका सवारी साधनमा ऋण मूल्य अनुपात ५० प्रतिशत थियो । डिजल तथा पेट्रोललाई राहत दिएका बेलामा विद्युतीय सवारी साधनमा भने यस्तो ऋण मूल्य अनुपात ८० बाट ६० मा झारिएको छ । त्यस्तै बैंकहरूको कर्जा दिने क्षमता बढाउन असल कर्जामा १.१० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई परिमार्जन गर्दै १ प्रतिशतमा झारिएको छ । 

कर्जा नोक्सानीका लागि राख्नुपर्ने यस्तो रकम घट्दा बैंकहरूले कर्जा दिने क्षमता वृद्धि हुनेछ । त्यस्तै लघुवित्तको ब्याजदर आधार २०८२ जेठदेखि आधार दरमा आधारित हुने बनाइने भएको छ । यसले लागतका आधारमा लघुवित्तको ब्याजदर तय हुने व्यवस्था गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement