नेपाल-इटाली वाणिज्य तथा उद्योग सङ्घको ११ औँ वार्षिक साधारणसभा सम्पन्न

फाल्गुन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल-इटाली वाणिज्य तथा उद्योग सङ्घको ११ औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल-इटाली वाणिज्य तथा उद्योग सङ्घको ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले नेपालमा लगानी प्रवद्र्धन, पर्यटन क्षेत्रको बिस्तार र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिवद्धता जनाएको छ ।

कार्यक्रममा सङ्घका अध्यक्ष सञ्जय अग्रवालले नेपाल-इटालीबीचको राजनीतिक तथा आर्थिक सम्बन्धको यात्रा जुन ३१ अगस्ट १९५९ मा स्थापना भएको उल्लेख गर्दै द्विपक्षीय सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गरिने लक्ष्यमा सङ्घको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

पूर्वमन्त्री राजेशकाजी श्रेष्ठले नेपाल-इटाली व्यापार प्रवद्र्धनका लागि आफ्नो निरन्तर सहयोग रहने बताउनु भयो । साधारण सभामा नेपाल-इटाली आर्थिक सम्बन्धमा योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो ।

सङ्घका संरक्षक राजेशकाजी श्रेष्ठ र मानार्थ वाणिज्यदुत प्रतिभा पाण्डेलाई विशिष्ट सम्मान र अशंक समशेर जबरालाई २०२४ को ‘वर्ष उत्कृष्ट सदस्य’ का रूपमा सम्मान गरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement