पछिल्लो समय देशभरका प्रमुख पर्यटकीय गन्तव्यमा होटेल क्षेत्रमा लगानी बढेको छ । पर्यटकको सेवासुविधालाई ख्याल गरी लुम्बिनी, चितवन, जनकपुर, विराटनगरदेखि इलामसम्म स्तरीय होटेल खुल्ने क्रम बढ्दो छ । मध्यम लगानीका होटेल रिसोर्टदेखि पाँच तारे होटलहरु यी क्षेत्रमा खुलिरहेका छन् । तर पर्यटकीय सिजनका बेला पनि अकुपेन्सी भने ५० प्रतिशत जति मात्रै छ ।
रूपन्देहीमा मात्रै आठ सयबढी स्तरीय होटल छन् । जसको दैनिक १५ हजार पर्यटकलाई सत्कार गर्नसक्ने क्षमता छ । त्यहाा तीनवटा पााच तारे, आधा दर्जन चार र तीन तारे होटल छन् । एक दर्जन बढी स्तरीय होटलले तारे होटलका लागि प्रकृया अघि बढाएका छन् । रूपन्देहीमा होटलेमा एक खर्ब बढी लगानी रहेको व्यवसायी बताउाछन् । सुरुमा लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित पुरातात्विक स्थल र नजिकका अन्य गन्तव्यलाई मध्यनजर गरी होटल खुलेका थिए । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गर्दा सँगसँगै दुई दर्जन बढी स्तरीय होटल खुले । अझै एक दर्जन बढी तारे होटेल निर्माणाधीन छन् ।
तर सिजनका बेला पनि ५० प्रतिशत जति मात्रै अकुपेन्सीमा होटल चलिरहेका छन् । अरु समयमा त २५ प्रतिशतमात्रै अकुपेन्सी हुन्छ । ऋण लिएर खुलेका यस्ता होटलको किस्ता तिर्नै हम्मेहम्मे छ । तर आएका पर्यटकको बसाइँ अवधि बढाउन लुम्बिनीसँगै अन्य गन्तव्यमा समेत पर्यटन पुर्याउने गरी प्याकेज बनाउन सकिएको छैन ।
चितवनका पर्यटकीय क्षेत्र सौराहा, पटिहानीलगायतमा पनि ठूलो लगानीमा होटेल खोल्ने क्रम बढेको छ । काठमाडौं र पोखरापछिको तेस्रो मुख्य पर्यटकीय गन्तव्य भएकाले यहाा भने होटल अकुपेन्सी राम्रो छ । अहिले पर्यटकीय सिजनमा कुनै दिन त होटलहरु सोल्डआउट नै हुने गरेका छन् । सौराहामा साना ठूला गरी ११० भन्दा धेरै होटल छन् भने पटिहानीमा २५ भन्दा बढी र मेघौलीमा एक दर्जनजति पर्यटकस्तरीय होटल छन् ।
पछिल्लो समय सौराहासँगै पटिहानीमा स्वदेशी-विदेशी पर्यटक बढिरहेका छन् । त्यसैले सौराहा मत्रै नभई पटिहानीमा समेत ठूला लगानीका होटल खुलिरहेका छन् ।
धार्मिक नगरी जनकपुरधाममा केही वर्षयता पर्यटकस्तरीय होटल खुल्ने क्रम बढेको छ । एक दशक अघिसम्म एउटा मात्रै गतिलो होटल रहेको जनकपुरमा अहिले त तीन तारे होटलसमेत खुलिसकेका छन् । यात्रीनिवास, सीताशरण, मिथिला थाली, बाबाको ढाबालगायतका २ दर्जन भन्दा बढी पर्यटकस्तरीय होटल खुलेका छन् भने मैथिली परिकार चिनाउने होटलसमेत छन् ।
एक दशकको लगानी गणना गर्ने हो भने जनकपुर क्षेत्रमा होटलमा एक खर्ब लगानी पुगेको व्यवसायी बताउँछन् ।
चिया बगानको ला गि प्रसिद्ध इलाममा पनि तारे होटल खुलेका छन् । धेरै होटलहरुले तारे होटेल सरहको सेवा सुविधा दिने क्षमता राख्छन् । तर निजी क्षेत्रबाट पर्यटकलाई लक्षित गरी जति लगानी भएको त्यसअनुरुप सरकारले भने पूर्वाधार निर्माण, नयाँ गन्तव्य पहिचान, पर्यटन क्षेत्रको विविधिकरण तथा पर्यटकको बसाइँ अवधि लम्ब्याउने सवालमा पर्याप्त काम गर्न सकेको छैन ।
कान्तिपुर समाचारका लागि जिल्ला सहकर्मीहरुको सहयोगमा तयार पारिएको यो रिपोर्ट हेर्नुहोस
यो पनि हेर्नुहोसः
होटल र पर्यटकीय पूर्वाधार ४० प्रतिशतले बढ्दा पनि अकुपेन्सी बढ्नै सकेन