काठमाडौं । सप्तरीको राजविराज विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । रात्रिकालीन उडान लागि आवश्यक पर्ने विभिन्न उपकरण जडान गरिएसँगै बुद्ध एयरले सोमबारदेखि रात्रिकालीन व्यावसायिक उडान सुरु गरेको हो ।
यो सँगै रात्रिकालीन उडान/अवतरण गर्ने विमानस्थलको संख्या १० पुगेको छ । रात्रिकालीन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले रात्रिकालीन सेवाले यो क्षेत्रको पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विमानस्थलमा यसअघि बुद्धएयरले दिउँसोको समयमा दैनिक एक उडान भइरहेको थियो । नागरिक उड्डयन प्राधिकरणको सहयोगमा बुद्धएयरले गत शुक्रबार रात्रिकालीन उडानको परीक्षण गरेको थियो । परीक्षण उडान सफल भएसँगै बुद्ध एयरले सोमबारदेखि काठमाडौं-राजविराजको रात्रिकालीन व्यवसायिक उडान सुरु गरेको हो ।
विमानस्थलमा इन्स्ट्रुमेन्ट फलाइट रुल (आईएफआर) जडान भएसँगै मौसम खराब भएको समयमा पनि उडान गर्न सहज हुने भएको छ । भीएफआर उडानका लागि कम्तीमा पााच हजार मिटर भिजिबिलिटी आवश्यक पर्छ भने भीएफआरमा दुई हजार मिटरमै उडान अवतरण हुन्छ । राजविराज विमानस्थलमा २०७६ माघ १८ देखि बुद्ध एयरले बुद्धले एटीआर ७२ ले काठमाडौं-राजविराज-काठमाडौं दैनिक रुपमा नियमित उडान गर्दै आएको थियो ।