आजका मुख्य समाचार,
* गणतन्त्रविरोधी गतिविधिविरुद्ध संसदमा प्रमुख दलको एकै स्वर / लोकतन्त्रभित्रै ठाउँ खोज्न माओवादी अध्यक्ष दाहालको आग्रह / असन्तुष्टीलाई गम्भीर रुपमा लिन कांग्रेस महामन्त्रीको सुझाव ।
* चार वर्षअघि घोषणा गरिएका ६ सय ५७ आधारभूत अस्पतालमध्ये ५७ मात्रै बने / १ सय ८७ को त कामै सुरु भएन / बनेकामा जनशक्ति र उपकरण छैन ।
* जबरजस्ती करणीजस्तो गम्भीर अपराधका घटनामा समेत न्याय पाउन अझै कठिन / प्रहरीमा किटानी जाहेरी दिएको ३ सातासम्म पनि पीडक पक्राउ गर्न बाँके प्रहरीको आलटाल ।
* पाकिस्तानको सशस्त्र लडाकु समूह बलोच लिबरेसनद्वारा यात्रुवाहक रेलमा आक्रमण / सुरक्षाकर्मी र आक्रमणकारीबीच गोली हानाहान / एक सयभन्दा बढी यात्रु बन्धक ।
* प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा कोशी प्रदेशलाई एक सय ६५ रनले हराउँदै मधेशको विजयी सुरुवात / गण्डकीले कर्णालीलाई ४ विकेटले हरायो ।