दूध बिक्री नभएपछि दाङका किसानले सडकमै पोखे दूध

मंसिर १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
दूध बिक्री नभएपछि दाङका किसानले सडकमै पोखे दूध

दाङ । दाङको शान्तिनगर गाँउपालिका २ का किसानले दूध बिक्री नभएको भन्दै सडकमै पोखेका छन्।

दुग्ध विकास संस्थानले सम्झौताअनुसारको दूध नलगेपछि विरोधस्वरूप किसानले दूध पोखेका हुन् । संस्थानले पनि दूध नलगेको र भण्डारण गर्ने स्थान पनि भरिभराउ भएपछि बाघमारेस्थित दीप कृषि सहकारी संस्थामा भण्डारण गरिएको दूध फालिएको हो ।

लाखौँ रुपैयाँ खर्च गरेर पशुपालन गरेका किसानले दिनहुँ दुध फाल्ने अवस्था आउन नदिन सरकारी पक्षबाट तत्काल पहल हुनुपर्ने माग गरेका छन् ।

समूहमा आवद्ध १ सय ५० किसानबाट सो सहकारीले दैनिक ३ सय लिटर दूध जम्मा गर्दै आएको छ। ठूलो भण्डारण क्षमता नभएको हुनाले सहकारीले पनि केही दिनदेखि दूध संकलन गर्न बन्द गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.