टू पीएमलाई भारतमा ‘फ्युचर फरवार्ड ब्रान्ड’ अवार्ड

मंसिर १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
टू पीएमलाई भारतमा ‘फ्युचर फरवार्ड ब्रान्ड’ अवार्ड

काठमाडौं । टू पीएम स्न्याक्स र नुडल्स ब्रान्डलाई प्रतिष्ठित "फ्युचर फरवार्ड ब्रान्ड" अवार्ड प्रदान गरिएको छ ।

भारतको मुम्बईमा आयोजित एक समारोहमा रिलायन्स रिटेलद्वारा संस्थाका प्रतिनिधि वेदान्त जाजुलाई "फ्युचर फरवार्ड ब्रान्ड" अवार्ड प्रदान गरिएको हो ।

टू पीएम चाउचाउ र स्न्याक्स गुणस्तर र स्वादका कारण भारतीय उपभोक्ताहरु माझ छोटो समयमा लोकप्रीय भएको छ । यो अवार्डले यस वर्ष भारतमा लन्च गरिएका सबैभन्दा आशाजनक ब्रान्डहरूलाई जनाउने कम्पनीले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement