पाल्पामा धान उत्पादन बढ्यो

मंसिर १३, २०८१ |माधव अर्याल
पाल्पामा धान उत्पादन बढ्यो

पाल्पा । ह्वाइट फ्लाइ, कालो पोके, फड्के, डडुवा रोगबाट किसानले ठूलो क्षति बेहोर्नु परे पनि सरकारी तथ्यांकमा भने पाल्पामा धान उत्पादन वृद्धि भएको देखिएको छ । कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन ३.६ प्रशितले बढेको छ ।

अघिल्लो वर्ष ३४ हजार सात सय ६२ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष ३६ हजार आठ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष पाल्पाको धान उत्पादकत्व ४.२ रहेकामा यस वर्ष बढेर ४.६ पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । तर यसै वर्ष किसानले धानमा लाग्ने रोगबाट समस्या बेहोर्नु परेको थियो । पर्याप्त पानी परेकाले तोरी लगाउने खेतमा समेत धान खेती भएको, मल, बीउ सहज रूपमा उपलब्ध भएकाले धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पाल्पामा गत वर्ष आठ हजार दुई सय हेक्टरमा आठ हजार ६ सय २० हेक्टर क्षेत्रमा धान खेती भएको थियो । 


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement