संगठनमा नरहेका व्यवसायीलाई सुन खरिदमा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश

मंसिर १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
संगठनमा नरहेका व्यवसायीलाई सुन खरिदमा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यावसायिक संगठनमा नरहेका व्यवसायीलाई सुन खरिदमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ ।

रिद्धिसिद्धि ज्वेलर्सका तर्फबाट सागर ढुंगानाले दायर गरेको रिटमाथिको बहसपछि अदालतले संगठनमा नरहेका व्यवसायीलाई सुन खरिदमा रोक नलगाउन आदेश दिएको हो । 

सर्वोच्चको आदेशमा राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधिले तोकेका अन्य कार्यविधि पूरा गरेको स्थितिमा व्यवसायीका संघ-संगठनमा आबद्ध नभएकै कारण सुन खरिद गर्न नरोक्नु भनिएको छ ।

हाल वाणिज्य बैंकहरुले सुन आयात गरी व्यवसायीका तीन वटा संगठनलाई बिक्री गर्दै आएका छन् । व्यवसायीका संगठनले आबद्ध सदस्य व्यवसायीलाई सुन दिँदै आएका थिए । संगठनमा आबद्ध नभएका व्यवसायीले सुन नपाएको अवस्था देखिएको भन्दै सर्वोच्चमा मुद्दा परेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement